ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा, आज संसदमा सम्बोधन गर्दै

काठमाडौं,फागुन,२-केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।

तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो ।

दुई तिहाइ समर्थनसहित गठन भएको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । यसैबीच प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

दिउँसो २ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा गरेका कामकारवाही र हासिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ । साभार ईमेजखबरबाट