शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत एनएमसीमा वित्तीय साक्षरता

नेपालगन्ज,जेष्ठ ,१०-


आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिलल क्याम्पस (एनएमसी)मा शुक्रबार(आज) वित्तीय साक्षरता कार्यक्रम गरिएको छ।

विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखेर बाहिरी अन्य व्यवहारिक ज्ञान अन्तर्गत बैंक सम्बन्धी व्यवहारिक आधारभूत शिक्षा दिने उद्देश्य अनुरुप कलेजले यस हप्ता शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रमको अयोजना गरेको हो।

नेपाल बैंक लिमिटेडले सन्चालन गरेको वित्तिय साक्षरता तथा खोलौँ बैँक खाता अभियान २०७६ लाई प्रभावकारी बनाउनको लागि एनएमसीमा अध्ययनरत बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

नेपाल बैंक लिमिटेडमा १० औँ तहका प्रदेश ४ का प्रमुख तथा एनएमसीका शिक्षक विनय केसरी पौडेलले उक्त ज्ञान प्रदान गर्नुभएको थियो। उहाँले बैंक भनेको के हो,बैंकको आवश्यकता किन छ, बैंकले के के सुविधा प्रदान गर्छ,बैकका फाइदाहरु के के छन लगायतका बारेका जानकारी दिनुभएको थियो।

बैंक सम्बन्धी विद्यार्थीलाई जानकारी दिँदै उहाँले भन्नू भयो,”बैंक बिश्वासिलो र सुरक्षीत पैसा राखिदिने ठाउँ हो।” एनएमसीमा दुई वर्ष बिजनेस इन्भाइरोमेन्ट पढाएको र आँफुले आजसम्म पन्ध्र वर्ष बैँकिङ जीवन बिताएको पनि उहाँले बताउनुभयो । उक्त वित्तीय साक्षरताबाट आँफुले बैँक सम्बन्धी धेरै कुराहरु सिकेको सहभागी विद्यार्थीहरुले बताए।

साथै नेपाल बैंक लिमिटेडको ९ औँ तहबाट १० औँ तहका लागि प्रदेश ४ को प्रमुखका लागि पोखरा जाने भएकोले उहाँलाई कलेजले बिदाइ पनि गरेको छ। क्याम्पस प्रमुख थानेश्वर पाण्डे , स.क्याम्पस प्रमुख थमन केसी,शिक्षक दुर्गा प्रसाद घिमिरेले संयुक्त रुपमा अबिर र खादा लगाईदिएर बिदाइ गर्नुभएको हो। पौडेलले गत दुई वर्षदेखी एनएमसीमा अध्यापन गराउँदै आउनुभएको थियो।

करिव एक घण्टा सम्म संचालित उक्त वित्तीय साक्षरता तथा बिदाइ कार्यक्रममा एनएमसीका विद्यार्थी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो।