खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९-


बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ ।

धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष याम बहादुर महत्तराले जानकारी दिनुभयो ।


तालिमको उद्घाटन गर्दै खजुरा गाउपालिकाका प्रमुख किष्मत कुमार कक्षपतिले कृषिको विकास भएमात्र समग्र गाउपालिकाको विकास सम्भव रहेको बताउनुभएको थियो । गाउँपालिका प्रमुख कक्षपतिले धानको वीउ विजनमा खजुरालाई आत्मनिर्भर बनाउन गाउँपालिकाको कार्यालयले पाँच लाख बजेट अनुदान स्वरुप किसानलाई वितरण गरिसकेको बताउनुभयो ।


यस वर्ष खजुरामा करिब ३५ विगाह क्षेत्रफलमा धानको वीउ उत्पादन गर्नकै लागी खेती गरीन लागेको र जस बाट १४ सय क्विइन्टल धानको वीउ उत्पादन गर्ने लक्ष्य रहेको खजुरा गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिनुभयो । तालिमको प्रक्षिक्षणमा ज्ञान केन्द्र नेपालगन्जका कृषि प्रावधिक ओमप्रकास शर्मा र खजुरा गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुर रहनुभएको थियो ।