लेउन माया लेउ भन्दै आए टंक र एलिना (भिडियो सहित)

नेपालगन्ज,जेष्ठ,०९-


बहुचर्चित लोकपप गायक टंक तिमिल्सिना र गायिका एलिना चौहान नेपाली सांगीतिक बजारमा `लेउन माया लेउ ´ भन्दै प्रस्तुत भएका छन ।

बिहीबार (आज)मात्रै बजारमा सार्वजनिक बिल्कुलै नयाँ गीत `लेउन माया लेउ´ मार्फत उनीहरू प्रस्तुत भएका हुन।
सनसनी, मैना, छुची मायालु जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका गायक तिमिल्सिनाले यो पटक भने पहिलेका उनका आफ्ना गीतहरु भन्दा अलि फरक गीत बजारमा ल्याएका हुन।

सुन्दा एकदम आनन्द लाग्ने अनि विशुद्ध माया प्रेममा आधारित उक्त गीतमा आवाज गायक स्वयं तिमिल्सिना र पछिल्लो समयको निकै चर्चित कभर गीत “तिम्रो मायाले बाधेर राख”की चर्चित गायिका एलिना चौहानको रहेको छ ।गीतमा संगीत गायक तिमिल्सिनाकै रहेको छ भने शब्द तथा एरेन्ज कृष्ण बिकको रहेको छ।

टंक तिमिल्सिना नामक युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको उक्त गीतको भिडियोमा टंक तिमिल्सिना र एलिना चौहान फिचर्ड छन। साथै हेर्दा निकै आकर्षक लाग्ने उक्त गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन,प्रकाश खड्काले छायांकन र मिलन बिश्वकर्माले सम्पादन गरेका हुन।

(गीतको सम्पुर्ण युनिटलाई बिहानी अनलाईनको तर्फबाट सफलताको कामना)

हेर्नुस पूरा भिडियो