कृषक समाजको प्रथम साधारण सभा सम्पन्न

जंग रेउले
घोराही,फागुन ,८-व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाजको साधारण सभा सम्पन्न भएको छ । नेपालका कृषकलाई आत्मानिर्भर  गराउँने उद्धेश्यले दाङको घोराहीको कर्मचारी मिलनकेन्द्रमा आज प्रथम साधारण सभा समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले छहरिएर रहेका कृषकहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताउनु भएको हो । नेपाल सरकारले पशु पालनको लागि आवश्यक ठाउँ हरेर बजेट निकास गर्नु पर्ने बताउनुभयो ।

अनुदानको रकम नातेदार हेरेर होइन कृषकको दूध र मासु उत्पादनको आधारमा दिनुपर्ने बताउनुभयो । पशुले के खान्छ घाँस खान्छ भन्ने सबै कृषले बुझ्नु पर्ने र त्यसको लागि दिर्घकालिन रुपमा सोच लिएर अगाडि बढनु पर्ने बताउनुभएको थियो । नेतालाई सत्ताको र कर्मचारीलाई सरुवा तथा बढुवाको चिन्ताले गर्दा नै कृषकले राम्रो सेवा र सुविधा सम्म नपाएको जानकारी दिनुभएको थियो ।

 कृषक समाजको प्रथम साधारण सभा सम्पन्नकार्यक्रम व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाज दाङका अध्यक्ष शसिराम बुढाथोकीको अध्यक्षता एवं व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाज केन्द्रिय सचिव ऋषवराज थपलियाको प्रमुख अतिथि तथा व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाज केन्द्रिय सल्लाकार प्रेमप्रसाद काफ्लेको विशिष्ट आतिथ्यतामा जिल्ला पशु सेवा कार्यालय दाङका प्राविधिक हेमराज आचार्य, चुर्ण बहादुर राणा,

मिनराज अधिकारी, चितवन जिल्ला सदस्य शिवलाल कडेल, केन्द्रिय प्रबक्ता हरिप्रसाद अधिकारी लगाएले  आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कृषक शंकर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सदस्य कुमार पुन मगरले गर्नु भएको हो ।