कोहलपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँड आउदै

काहेलपुर,फागुन ९-बाँकेको कोहलपुरमा सञ्चालीत कोहलपुर एवंम औद्योगिक प्रर्दशनी मेलामा रौनकता छाएको छ । फागुन शुक्रबार देखि सञ्चालनमा आएको महोत्सवको चौथौं दिन आज “लोक तथा दोहोरी गायक रामजी खाँड,भावना आचार्य,रेश्मा पुन तथा नृत्यङ्गना आरुसी मगरले” आफ्नो प्रस्तुती दिनुहुने भएका छन् ।

कलाकारहरुको प्रस्तुती हेर्न पाएर दर्शकहरु निकै खुशी देखिएका छन् । महोत्सवमा राखिएको बाल उद्यानबाट समेत दर्शकहरु लाभान्वित हुँदै आएका छन् । आगामी १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख ५० हजार बढी दर्शकले आवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।