नेपालगंजमा मानवअधिकार चलचित्र महोत्सव हँदै

बाँके,मंसिर २०-मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा बाँकेको नेपालगंजमा बुधबार चौथौ नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मेन्द्रले राजधानी बाहिरका चार क्षेत्रहरुमा आयोजना गर्न लागेको महोत्सव अनर्तरगत नेपालगंजमा पनि महोत्सव हुन लागेको हो ।

संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपि को आर्थिक सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यक्रममा बिस्तारित चौथौं नेपाल मानवअधिकार चलचित्र महोत्सव इलाम,झापा,जनकपुर र जुम्लामा हुदैछ । महोत्सवमा कमारी,ल्यण्ड अफ द लस्ट,अगर्ल इन द रिभर र क्याण्डल इन द वियड प्रदर्शन गरिने जनाएको छ ।