लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी

डम्मर थापा मगर
बाँके ,फाल्गुन  ३० –
पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै  गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर  २०६९ सालमा जसरी नि म तिम्रै हुन्छु नभन गित बाट सांगीतिक क्षेत्रलाइ  अंगाल्नु भएका कमल बि सी ’माल्दाई’ छोटो समयेमै सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ  । बागेश्वरी म्युजीक प्रा.लि. का अध्यक्ष समेत रहनु भएका कमल बि सी ’माल्दाई’ हाल राजधानीमा बसेर अध्ययन संगसंगै ब्यवसायिक रुपमा कलाकारिता पेसालाई पनि उत्तिकै अगाडी बढाउदै हिडिरहनु भएको छ  ।

“जसरी नि म तिम्रो हुन्छु नभन,,भगवानलाई झुक्ने गराउँछु ,,आँखा झिकेर लैजाउ, पाँच एकाने पाँच,, काँकरीको झालैमा लौका फलेको,, बुढी रिसाँउछे,, हल्का दारी जुंगा पालेको,, भटमास केराउ चना ” लगाएतका गीतहरु उहाका चर्चित गीतहरु हुन् । विभिन्न म्युजिक  भिडियो सुटिङ्गका क्रममा काठमान्डौबाट कोहोलपुर आएको अबसरमा  बिहानी अनलाईन बर्दिया जिल्लाका संवाददाता डम्मर थापा मगरले उहाँसंग गरेको केहि अन्तरंग कुराकानी ।

तपाई सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानै देखि मलाई गित गाउन नाच्न एकदमै रहर लाग्ने र बिद्यालयहरुमा , गाउँहरुमा त्यस्ता नाच गानका कार्यक्रम भयो भने भाग लिने गर्थे र साथीहरुले , आफन्तहरुले पनि राम्रो छ यस्लाई निरन्तरता दिनु भनेर हौसला दिनुहुन्थ्यो । एसएलसी पास भएपछि उच्च शिक्षा हासिल गर्न नेपालगंज प्रबेश गरें अनि उच्च शिक्षा हासिल गर्ने क्रममा  त्यहिंको स्थानीय कृष्णसार एफ.एम. मा काम गर्दै गर्दा रेडियो नेपालबाट बर्दियाको रिपोर्टर लागि एउटा अवसर मिल्यो र काम गर्दा कहिले नेपालागंञ्ज कहिले बर्दिया गर्ने क्रममा मैले २०६९ सालमा जसरी नि म तिम्रो हुन्छु नभन भन्ने  बोलको गित बजारमा ल्याए र यसरि सांगीतिक क्षेत्रम प्रवेश गरे र त्यसपछि भगवानलाई झुक्ने गराउँछु ,,आँखा झिकेर लैजाउ, पाँच एकाने पाँच,, काँकरीको झालैमा लौका फलेको,,लगाएत गितहरु श्रोता  सामु ल्याउदै सांगीतिक क्षेत्रम प्रवेश गरे भनौ …

तपाई राजधानी बाट यती  टाढा बाँके बर्दियामा सुटिङ्गको लागि आउनुको  उदेश्य   ?

म जन्मेको हुर्केको ठाउँ यही हो तसर्थ  यसको उद्देश्य भनेको स्थानिय स्तरका कलाकारहरुलाई , यहाँका  सुन्दर दृश्यहरुलाई  राष्ट्रिय स्तर सम्म पुर्याउनु र आफ्नो लोक संस्कृतिको संरक्षण सम्बर्धन गर्नु  पर्छ भनेर बाँके र बर्दियामा सुटिङ्ग् गर्न लागिएको हो ।

कतिवटा म्युजिक भिडियोको सुटिङ्गका लागि आउनु भक्को र कति वटा सक्नु भो हाल सम्म र अब कहाँ कहाँ सुटिङ्ग्का गर्ने योजना छ   ?

१ दर्जन म्युजिक भिडियो हरु को सुटिङ्ग गर्ने योजना सहित आको हो,  हाल सम्म २ वटा म्यूजीक भिडियोको सुटिङ्ग सकिएको छ र अब बाँकी गीतहरु बर्दियाका विभिन्न ठाँउहरुमा गर्ने योजना छ ।

अहिलेको समयमा तपाईका नयाँ  गीतहरु सुन्न नपाउदा स्रोताहरु निराश त हुनुहुन्छ नै तपाई हराउनु भो भन्ने स्रोताहरु बाट हल्ला पनि सुनिन्न्छ अब श्रोताहरुले तपाईका नयाँ गितहरु कैले सुन्न पाउँछन् त ?

बिचको समएमा स्वास्थ्यको समस्याले गर्दा गीतहरु त्यती रेकर्ड गर्न सकिरको थिएन  हराको  पनि  थिएन र अहिले श्रोता हरुकै लागि भनेर मेरा विभिन्न गितहरु मेरो नया गीतहरु  छिट्टै निकाल्ने योजना छ  रेकर्ड भैसकेको छ अब को केहि समएमा नयाँ गीतहरु श्रोताले मज्जाले सुन्न सक्नुहुन्छ ।

तपाई कस्ता गीतहरु निकाल्न रुचाउनु हुन्छ ?

हुन त आज भली नेपाली लोक संगीतमा पनि उच्छिङखल देखिन थालेको छ आफ्नो लोक संगीत लाई चटक्क भुलेर बिदेशी परम्परा पनि हाम्रो लोकसंगीतमा देखिन थालेको छ तर म समय सापेक्षिक गीतहरु निकाल्न रुचाउछु जसमा समाजका दुख पिडाहरु समेटिएका हुन् व्यक्तिका अनुभब हरु समतिको होस् केहि जानकारी दिने खालका गीतहरुमा बादी बढी गाउन रुचाउछु ।

तपाईले आफ्नै म्युजिक प्रा.लि. पनि खोल्नु लाग्नु भाको रहेछ यसको उदेश्य चाँहि के हो ?

बागेश्वरी म्युजिकं प्रा.लि खोल्नु को उद्देश्य भनेको म एउटा कलाकार हो कलाकारले कलाकारिता जोडिएका काम हरु गर्नु पर्छ म कलाकार भएकाले मलाई सांगीतिक क्षेत्रमा अगाडी बढ्न को लागि एउटा कम्पनी चाहियो । मुजिक कम्पनी नहुदा मैले जति दुख कस्ट झेलेको छु त्यस्तो दुख कस्ट मलाई आगामी दिनहरुमा भोग्न नपरोस गीतको प्रचार प्रसारको लागि र नयाँ आउने  कलाकार साथीहरुले  पनि तेस्तो दुख भोग्न नपरोस  र नयाँ कलाकार साथीहरुलाई समेट्ने उदेश्येले बागेश्वरी म्युजिक प्रा .लि को स्थापना गरेको हुँ ।

बागेश्वरी मुजिक प्रा.लि खोल्नुभाको ९ महिना जति भाको रहेछ हैन ? यो छोटो अवधीमा कति जति गित बजारमा ल्याउनुभयो यो प्रा.ली.बाट ?
हजुर बागेश्वरी मुजिक प्रा.लि खुलेको  ९ महिना जति भो छोटो अबधिमा गीतहरु पाउन एकदम गारो छ   फेरी  आज भोलि म्युजिक कम्पनीहरु पनि दिन प्रतिदिन खोल्ने अवस्था एकदमै बढेको छ  र सांगीतिक क्षेत्रको ज्ञान नाभाकाले पनि म्यजीक स्टुडियोे  खोलिराका छन्, तर हामी त गीत संगीतमा लागेको मान्छे अलिकति भा नि बुझेको मान्छे त्यसैले साथीहरुले बिस्वाश गरेर गीतहरु दिनु हुन्छ र यस  बाट मेरो र अन्य साथीहरुको गरेर लगभग १०० भन्दा बडी गीतहरु बजारमा आइसकेका छन् ।  अझै थुप्प्रै गितहरु कुनै गितहरु रेकर्ड भैसकेका छन् । मेरै गितहरु र अन्य साथीहरुका पनि रेकोर्ड हुन अझै बाकी छन् पनि छन् ।

कस्ता गीतहरु आईदिएको भए हुन्थ्यो जस्तो लाग्छ स्टुडियोमा ?

सकभर समय सापेक्षिक ,,समाजले केहि राम्रा कुरा को ग्रहण गर्न पाउन ,सामाजिक कथा बोकेका जस्ता गितहरु आइदिएको  भए हुन्थ्यो जस्तो लाग्छ ।
महोत्सवहरुमा  कत्तिको जानुहुन्छ ?

महोत्सब मेल भनेको कलाकारको कमाउने थलो हो र म यस्तो महोत्सब हरुमा हिड्न इच्छुक पनि हुन्छु केहि समय अघि देखि मेरो स्वास्थ्यमा समस्या भएकाले तसर्थ म कुनै पनि महोत्सबमा यो पटक जना सकिन बोलाउन त बोलाउनु हन्थ्यो अस्ति यही कोहलपुरको महोत्सबमा पानो बोलौनु भाको थियो । तर आफ्नै काम को ब्यस्तता र समस्याले गर्दा आउन पाइन हिड्न त हिड्छु भनौ ।

सांगीतिक क्षेत्रलाई व्यवसायीक बनाउन के गर्नु पर्छ जस्तो लाग्छ ?

गीत संगीतको अबको बजार भनेको डिजिटल बजार नै हो । डिजिटल बजारलाई आत्मसाथ गर्न सके मात्र अबको कलाकारिता अगाडि बढ्न सक्छ । अहिले प्रबिधिको युग भएकाले पनि प्रत्येक कलाकारहरु र संगीत ब्यवसायीहरु प्रबिधि बारे जानकार हुन जरुरी छ । अहिले युट्युबले कलाकारहरुलाई थोरै भएपनि राहत दिएको छ ।

अर्को्तिर राज्य स्तरबाट पनि गीतसंगीतको लागि ठोस कदम चाल्न जरुरी छ । नेपाली गीतसंगीतलाई बिश्वब्यापिकरण गर्नको लागि विश्वका विभिन्न देशहरुमा त्यस्तो प्रकारको निकाय नै खडा गर्नुपर्छ । तबमात्र नेपाली गीतसंगीत अलि फराकिलो हुन्छ र आम्दानीको स्रोत पनि बढ्छ । साथै नेपाली गीतसंगीत सुन्ने श्रोता दर्शकहरु पनि बढ्दै जान्छन । र गीत संगीतमा गुणस्तर पनि ल्याउन जरुरि छ ।

तपाईले सांगीतिक क्षेत्रमा प्रवेश गरे देखिको हाल सम्मको बिर्सनै नसक्ने कुनै घटनाको याद छ ?

त्यस्ता घटनारु छन् सांगीतिक क्षेत्र मा हिदिरहदा त्यस्ता बिर्सनै नसक्ने १ २ ओटा घटनाहरु छन् । म केहि घटनाहरु भन्छु मा काठमान्डौं छिरेको लगभग ढाई वर्ष जति भो सुरु सुरुमा काठमान्डौ छिरिसकेको १ वर्ष सम्म त यस्तो आसहज हुन्छ मान्छेलाई जिबन निर्वाह गर्न जो आर्थिक रुपले कम्जोर हुन्छ कसैले १ रुपैया सुक्को पनि पत्याईदिदैन कसैले साथ् पनि दिदैनन, अनि भूकम्पको समयमा हो म काठमान्डौ को गोङगबुमा बस्थे त्यती बेला मैले पाँच एकाने पाँच , काकरीको झालैमा लौका फलेको लगायतका गित बजारमा निकाल्ने तयारी गर्दै थिय ।

त्यो भन्दा अगाडी म १र२ वटा गित हरुमा मैले आफ्ना गित हरुमा लगानी गरेको थिए । अर्को तरिकाले भन्दा गरिबीले मलाई छोईसकोको थियो । जब २०७२ सालको भूकम्पको समयमा काठमान्डौ जाँदा सुरुको समयमा त कोठामा ३ दिन सम्म चामल पनि भएन म संग मेरो यस्तो कथा छ ।

म ५ दिन सम्म भोकै बसको छु र गोङगबु नयाँ बसपार्क बस्थे स्टुडियोमा काम गर्थे कमलादी पुतली सडकमा ३ किलोमिटर हिडेर ानु पथ्र्यो त्यो काम गर्न जानको लागि म संग त्यहि बाट १० रुपैया नहुदा म कैयौं पटक काठमाण्डौंका गल्लि गल्लि मा भोक भोकै म हिडेको छु । गीतको काम गर्नु पर्ने फेरी त्यो समयमा घरमा फोन गर्ने पैसा पनि थिएन, म संग र यस्तो एउटा घटनाहरु ताजै छन् । जसको याद आईरहन्छ अहिले पनि ।

चर्चित नाम कमल बि सी ’माल्दाई’को आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना  ।