“मन्दिर भाकि फुल चढाउछु” गीत अब बजारमा

रोशन घर्ती/

काठमाण्डौं,माघ,२४-

लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ ।

अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ ।

गीतको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो भने भिडियोलाई के एस आर म्युजिकले बजारमा ल्याएको छ । भिडियोमा भुवन मगर र जमुन सुनवारको अभिनय रहेको छ । भिडियोलाई प्रकाश बस्नेतले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन निरज भुसालले गरेका छन् ।

(भिडीयो हेर्नुहोस् )

https://www.youtube.com/watch?time_continue=2&v=9xz8576Xzhw