३ दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगको आहृवान

काठमाडौं ,फागुन,१६ –निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।आयोगको केन्द्रीय कार्यालयमा फागुन १८ गतेभित्र दलहरुले दलीय विवरण बुझाउनुपर्नेछ ।

नबुझाउने दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दल दर्ताका लागि दलहरुलाई सूचित गर्ने निर्णय गरेको  छ ।

आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरु र जिल्ला जिल्लामा दर्ता भएका दलहरुले पनि स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्नेछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।