भारतको उत्तरप्रदेशमा स्थानीय निकायको निवार्चन आज हुँदै

बाँके,फागुन १६-भारतको उत्तरप्रदेशमा राज्यमा जारी बिधानसभा निर्वाचनलाई लक्षित गरी शनिबार देखि बाँकेको नेपाल भारत सीमाना बन्द गरिएको छ । बाँकेसँग सीमा जोडिएका भारतीय बहराईच श्रावास्ता जिल्लामा आज विधानसभाको निर्वाचन हुने भएका कारण ४८ घण्टा अगाडी देखि सीमाना बन्द भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राईले बताउनुभयो ।

एसपी राईका अनुसार सीमावर्ती जिल्लामा विधानसभाको मतदान सम्पन्न भएपछि आज बेलुका साढे ६ बजेपछि नियमीत सीमा नाका पूर्वतरुपमा नियमीत सञ्चालनमा आउनेछ । भारतको उत्तरप्रदेश राज्यमा जारी विधानसभा निवार्चन अन्तर्गत बाँकेसंग सीमा जोडिएका बहराईच र श्रावास्ती जिल्लामा आज मतदान हुँदैछ ।

भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने बस,टाँगा,रिक्सा,साईकल र ढुवानीका साधनहरु ट्रक,ट्रक्याटर,ट्रली संचालन लगायत पैदल यात्रामा समेत रोक लगाईएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत खगेन्द्र पौडेलले बताउनुभयो । जिल्ला प्रशासनले सार्वजनीक सूचना जारी गरी फागुन १४ गते बिहान देखि १६ गते निर्वाचन सम्पन्न नभएसम्म यात्रा र ढुवानी लगायतका कार्यहरु गर्न नपाउने सूचना प्रवाह गरेको थियो ।