हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल

बैतडी,माघ १०-बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ । बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रमहरु तय गरिएका हाट स्वास्थ्यचौकीका इन्र्चाज विनोद कुमार कुवरले जानकारी दिनुभयो । बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्याहरु देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको उहाँले बताउनुभयो ।