सुर्खेत जिल्लामा १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,१३-सुर्खेत जिल्लामा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो।

bigyapti 1

यसअघि सुर्खेतका बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेकाे छ। याे सँगै कर्णाली प्रदेशमा संक्रमितकाे कूल संख्या २३ पुगेको छ।