गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु

डम्मर थापा मगर/

बाँके,मङ्सिर,१-

बांकेको कोहोलपुरमा गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु गरीएको छ । कोहोलपुर नगरकार्यपालिकाको आयोजना तथा मेडीक मोवाइलको सहयोगमा कार्यक्रम सुरु गरीएको हो ।मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागी मोवाइल स्वास्थ्य सम्वन्धी कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले गर्भवती महिलालाइ समयमै मै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याइ मातृ मृत्युदर घटाउने लक्ष्यका साथ मोबाइल स्वास्थ्य कार्यक्रम सुरु गरीनु राम्रो भएको बताउनु भयो ।

यो सेवा पछि गर्भवती अवस्था सुरु भएदेखी सुत्केरी न हुदा सम्मको चेकजाचको अवस्थाका साथै प्रजनन उमेरकी कुनै महिलाको मृत्यु भएमा मोवाइल एसएमएसबाट जानकारी हुने छ । बाके जिल्लामा पनि एक सय गर्भवर्ती महिलाहरु मध्ये ५० जनाले मात्र प्रोटोकल अनुसार चौथो पटक सम्म स्वास्थ्य संस्थामा गएर चेकजाच गराउने अध्ययनले देखाएको छ ।