पल्ला घरकी ठुलीले गायक सुनारको मुटु खाएसी तनाबमा

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर १-
नब गायक प्रबिन सुनार तनाबमा परेका छन् । पल्ला घरकी ठुलीले मुटु खाएसी गायक सुनार तनाबमा परेका हुन् । पछिल्लो समय गीतसंगीत बजारमा ल्याउने क्रममा गायक सुनार पल्ला घरकी ठुलीले बोलको गीत बजारमा ल्याएर आएका छन् । भर्खरै मात्र सार्बजनिक भएको पल्ला घरकी ठुलीले बोलको म्युजिक भिडियो निक्कै उत्कृष्ट रहेको छ ।

यस गीतको लय सिर्जना गायक सुनारको नै रहेको छ भने शव्द सिर्जना अमित सुनारले गरेका छन् । गायक सुनार र शान्ती सुनारको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल टिका जैशी र निर्मल क्षेत्रिको अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन शम्भु चालीसेले गरेका छन् भने सम्पादन राजेश कुमार र रमेश रसाईलीले गरेका छन् । यस म्युजिक भिडियोलाई चर्चित म्युजिक रक्षा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

(भिडीयो हेर्नुहोस् )