वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न

पवन मुडभरी/

बौनीयां,मंसीर १-
वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न भएको छ । कैलाली क्षेत्र नं २ का विद्यालयमा कार्यरत तथा शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनमा आबद्ध शिक्षकहरुको भेलामा यहि मंसीर २१ गते हुनगईरहेको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन सम्पुर्ण शिक्षकहरु एक हुनुपर्नेमा शिक्षकहरुले जोड दिएका थिए ।

शिक्षक संगठनका क्षेत्र नं २ का संयोजक खगेन्द्र धमालाको सभापतित्वमा सम्पन्न भेलामा क्षेत्र नं २ प्रतिनीधि सभा उम्मेद्धार झपट रावल प्रमुख अतिथी रहनुभएको थियो भने , प्रदेश सभा उम्मेदवार नन्द बहादुर साउंद राजेन्द्र , केवालाल चौधरी , समानुपातीक उम्मेदवार रतन थापा विशिष्ट अतिथी रहनुभएको थियो ।

साथै भेलाले कैलालीका विभिन्न विद्यालयमा लामो समयदेखी अध्यापन गराउदै आउनुभएका शिक्षकहरुलाई सम्मान पनि गरेका्े छ । विनोद आचार्यका्े स्वागत मन्तव्य संगै शुरु भएको भेलामा रंगनाथ ढकाल , डेजी पाण्डे , सुमन न्यौपाने लगायतले बोल्नुभएको थियो ।

यस्तै कैलालीको लम्कीमा नेपाल बिद्यार्थी संघ इकाइ समितीले आसन्न निर्वाचनमा नेपाली कागै्रस बाट कैलाली क्षेत्र नं २ बाट प्रतिनिधी सभामा प्रत्यक्ष उम्मेद्धवार मोहन सिह राठौर ,प्रदेश सभाका उम्मेद्धवार अरुण कुमार चौधरी , हिम बहादुर रावल, र समानुपातिक उम्मेदवार सुशीला शाही लाई स्वागत सम्मान गरीएकोछ ।