नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट

नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि ओमानसँग खेल्ने

unn.prixa.netकाठमाण्डौं,कात्तीक,१७-नेपाल आगामी वर्ष हुने आइसीसी टी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ।काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको शानदार जित हात गर्दै नेपालले आइसीसी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।नेपालका लागी आसिफ शेखले सर्वाधिक रन ६४ बनाएका हुन।उनले ५१ बलमा ६ चौका र २ छक्कासहित यो रन बनाएका हुन। 

unn.prixa.netयसैगरी:नट आउट रहेका अर्का ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेलले २० बलमा ३४ रन बनाए।उनले ३ चौका र १ छक्कासहित यो रन बनाएका हुन।गुल्शन झा २४ बलमा २२ रन बनाएर आउट भएका हुन। उनले ३ चौका हानेका थिए। कुसल भुर्तेलले ८ बलमा ११ रन बनाएका हुन।उनले २ चौका हानेका थिए। 

यसैगरी : युएईका वासिल हमिदको बलमा गुल्शन झा आउट भएका थिए। उनी २४  बलमा २२ रन बनाएर आउट भए हुन।नेपालले अहिलेसम्म १३ ओभरमा ९३ रन बनाएर २ विकेट गुमाएको छ।  यसअघि युएईका नीलंश केसवानी को बलमा मोहम्मद वसिमले कुशल भुर्तेललाई क्याच आउट गरेका थिए।पहिलो इनिङमा युएईले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो।  

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरेका थिए। उनले ५१ बलमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाएका थिए।  

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए।

यसैविच:काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ।अब नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि ओमानसँग खेल्ने भएको छ।नेपाल र ओमान छनोट भए संगै सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने१८ टोली छनोट भइसकेका छन्।

आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन्।जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन्।२०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन्।आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।