बाँकेमा लोकतान्त्रिक गठबन्धनको चुनाबी प्रचार प्रसार तिव्र

प्रचार प्रसार कार्यालय स्थापना संगै घरदैलो अभियान शुरु

नेपालगञ्ज कार्तिक २५-

प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनले प्रचार प्रसारलाई तिव्रता दिएको छ । २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि कागे्रस र राप्रपा सम्मिलित गठवन्धनका तर्फबाट आज नेपालगञ्ज २ मा प्रचार प्रसार कार्यालय स्थापनासहित घरदैलो अभियान शुरु गरिएको छ ।

क्षेत्र नं. २ मा प्रतिनिधिसभाका उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद तथा प्रदेशसभाका लागि नेपाली कांग्रेसतर्फका उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिंह सजापति लगायतका उम्मेदवारको प्रचार प्रसारका लागि आज कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।

राप्रपाका यूवा नेता ऋषिराज देवकोटा, काँगे्रस नगर सभापति प्रशान्त विष्ट, काँगे्रस बाँके पुर्व कोषाध्यक्ष अच्युत प्रसाद प्रसाई लगायतका नेतागण तथा कार्यकताको बाक्लो उपस्थिती रहेको समारोहबीच राप्रपाका महामन्त्री डा धवल शमशेर राणा, काँगे्रस बाँके उपसभापति सुनिलनरसिंह राणा र काँगे्रस नेतृ उत्तम हमालले धवल रिवन काटेर कार्यालयको उदघाटन गर्नु भयो ।

कार्यालय उदघाटन लगत्तै प्रचारात्मक व्यानर र नारासहित नगर परिक्रमा गरिएको छ । उम्मेदवारले मतदातामाझ हात जोडर मतदानको अपील गरिरहदा स्थानीयले तालीले स्वागत गरेका थिए । उममेदवारसहतिको गठवन्थन समूह प्रचारका लागि सडक र घरदैलोपुगेपछि स्थानीयले खुसीका साथ स्वागत गरेका थिए ।

घरबारी टोल, बागेश्वरी मोड, त्रिवेडीमोड हँदै भेरी भेरी अञ्चल अष्पताल हँदै पुनः त्रिभुवन चौक पुगेर सभामा परिण भयो । सभामा उम्मेदवार हमाल, राप्रपा महामन्त्री राणाले लोकत्रान्त्रिक शक्तिलाई जिताउनु समयको आवश्यक्ता भएको भन्दै विजयी गराउन मतदातालाई आहवान गर्नु भएको प्रदेश सभा क्षेत्र न २ ख निर्वाचन परिचालनका संयोजक सुनिल सिंह हमालले जानकारी दिनु भयो ।

यस्तै क्षेत्र न ३ का काँगे्रसका प्रतिनिधी सभा उम्मेदवार बादसाह कुर्मी र प्रदेश सभा सदस्य उम्मेदवार लक्ष्मीनारायाण शाहलाई विजयी गराउन खजुरा ५ मा प्रचार प्रसार कार्यालय उदघाटन गरिएको छ ।