शीतल एकाडेमिद्वारा देउसि भैलोबाट उठाएको रकम ५ परिवारलाई राहत वितरण

गोपाल जंग थापा/

टीकापुर,कार्त्तीक,२५-

कैलालीको टीकापुरमा रहेको शीतल एकाडेमिले एक कार्यक्रमका बीच आज राहत वितरण गरेको छ ।

तिहारको समयमा एकाडेमिको समूहले खेलेको देउसि भैलोबाट संकलित रकमबाट टीकापुर नगरपालिकामा बस्ने कमजोर आर्थिक अवस्था भएका ५ वटा परिवारलाई करिब १५ हजार बराबरको राहत सामाग्री प्रदान गरिएको हो ।

राहत स्वरुप चिसो मौसममा आवश्यक पर्ने सिरक, डस्ना सहित विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको एकाडेमिका संस्थापक उमेश प्रसाद जोशीले जानकारी दिएका छन ।

इन्द्र प्रसाद भट्टको सभापतित्वमा आयोजित राहत वितरण कार्यक्रमका प्रमुख अतिथी टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल थिए भने विशिष्ट अतिथीमा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य रहेका थिए ।

उक्त कार्र्यक्रमको सञ्चालन छत्र बहादुर धामीले गरेका थिए भने सो अवसरमा चेतमान साउँद र रचना रावलले मन्तव्य राखेका थिए । एकाडेमिले देउसि भैलोबाट मात्रै ६५ हजार रुपैया संकलन गरेको थियो ।