आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,पुष,२७-आज राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरि देशैभर मनाईदैछ।

२०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएको थियो। तर यस वर्ष भने सरकारले विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको हो ।

मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी सार्वजनिक बिदाको विषयमा जानकारी दिनुभयो।

पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् ।आज पनि विभिन्न संघ संस्थाहरुले पृथ्वी जयन्ती भव्य रुपमा मनाउँदै छन् । 

राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ।सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगनको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो ।

तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले दिएको योगदान आर्फमा महत्वपूर्ण रहिआएको छ ।

देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय !!