रेडक्रसद्वारा बाकेमा शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण

राम सुनाम/

बाँके,पौष,१८-

रेडक्रस बाँकेले शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण गरेको छ । बढदै गएको शितलहर र चिसोबाट बचाउन नेपालगन्जको बागेश्वरी मन्दिरमा आश्रय लिइरहेका जेष्ठ, अशक्त तथा असाहयलाई आज जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार रेडक्रसले कम्वल वितरण गरेको हो ।

अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि नगरका विभिन्न ११ स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ ।

जिल्ला वन पैदवार आपूर्ति समितिसँग दाउरा खरिदगरी उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा मानिसहरुको भिडभाड हुने विपिचोक, धम्वोजी चोक, पुष्पलाल चोक, त्रिभुवन चोक, जिल्ला प्रशासन कार्यालय अगाडी, बागेश्वरी मन्दिर क्षेत्रलगायतका ११ स्थानमा आगो ताप्नका लागि चट्टा दाउराको व्यवस्था गरेको कार्यकारी अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।

अत्यधिक चिसोका कारण नेपालगन्जको जनजीवन कष्टकर बनेको छ । गएको आईतबार देखि नेपालगन्जमा घाम लागेको छैन् ।