कैलालीका विभिन्न खानेपानी योजनाको अनुगमन

पवन मुडभरी/

कैलाली,मंसीर,११-
जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महांसंघ कैलालीले जिल्लाका विभिन्न खानेपानी योजनाको अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढि उपमहानगरपालीका ४ शिवपुर खानेपानी , फुलवारी खानेपानी , बसौटी खानेपानी , हशुलीया खानेपानी , पहलमानपुर खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको वारेमा स्थलगत अनुगमन गरिएको हो ।

त्यस्तै धनगढिमा रहेको शिवपुर खानेपानी संस्थाले निर्माण कार्य सम्पन्न गरी आफ्नो लक्ष अनुसार उपभोक्तालाई शुद्ध पानी खुवाउन सफल भएको छ । अन्य योजनाहरु भने स्थापनाको १ दशक बितीसक्दा पनि निर्माण कार्य अधुरा र बनेका संरचना पनी अस्तव्यस्त रहेका छन । केही संरचना जिर्ण अवस्थामा रहेका छन ।