फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

फाईल : तस्विर !!

काठमाडौं,फागुन,१४-सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।