कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल

काठमाडौं,पुस,६-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एकताबद्ध भएको बताउनु भएको छ ।

कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्र विरोधी कामले पार्टी एकतालाई तात्विक असर नपर्ने अध्यक्ष दाहालले बताउनु भयो ।

नेकपा भित्रको आन्तरिक द्धन्द्धले संसद विघटन समेत भैसकेको अवस्थामा अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै दाहालले राष्ट्रको समुद्धि र नेपाल कम्युनिष्ट आन्दोलनको भविष्यको निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध हुन पनि आव्हान गर्नुभयो ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकिकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने बताउँदै उहाँले कसैको भ्रमात्मक प्रचारमा नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।

आइतबार प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्नु भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लगेको प्रस्ताव स्विकृत भएसँगैं संसद विघटन भएको छ ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल