नेपालगन्ज उपमहानगरपालिकाको वडा १२ खुला दिसामुक्त घोषणा

नेपालगञ्ज,पुष १८-

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ लाई आज खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका २३ वडामध्ये १५ अौं वडाका रुपमा खुला दिशामुक्त गरिएको हो । वडामा रहेका १ हजार २० घरधुरी सवै घरले सौचालय निर्माण गरेपछि वडा नम्वर १२ लाई आज स्थानीय तहपछिको पहिलो वडाका रुपमा खुलादिशामुक्त घोषणा गरिएको हो ।

वडाका तर्फबाट वडा अध्यक्ष वुद्धी सागर सुवेदीले प्रतिवेदनसहितको खुला दिसामुक्तको प्रस्ताव पेश गरेपछि नगरवासीले ताली वजाएर स्वीकृत गरेका थिए । नगरमा अझैं ९ वडा खुला दिसामुक्त हुन बाँकी रहेका छन् । भव्य समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले खुला दिसामुक्त घोषणासँगै १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भयो ।

प्रतिवद्धतालाई वडावासीले नै कार्यान्वयन गर्नुपर्नेमा उपप्रमुख थापाको जोड थियो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणाले नगर स्वच्छ र सफा राख्न खुला दिसा चुनौतीका रुपमा रहेपनि सबैको सहयोगले अव मुक्त हुने अन्तिम चरणमा रहेको जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी रमेश कमाुर केसीले प्रशासनीक सहयोगका लागि सदैव तयार रहेको विश्वास दिलाउनु भयो । लागु औषध तथा लैगिक हिसा विरुद्धको अभियान समेत जोडिएको सो समारोहमा वडा नागरिक मञ्चका पुर्व संयोजक, सामाजिक परिचालक, खुला दिसामुक्त अभियन्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राप्रपा बाँके अध्यक्ष नरेन्द्र्र पौडैल, गैसस महासंघबाँकेका कार्यवाहक सपना भटराई लगायतले शुभकामना दिनु भयो । माघ १५ गते भित्र नगरलाई खुला दिसामुक्त गरिने तिव्र तयारी रहेको उपमहानगरपालिका खुला दिसामुक्त अभियानका फोकल पर्सन ओवीराज आचार्यले जानकारी दिनु भयो ।