स्वीयू निवार्चनमा तिव्र तयारी भईरहेको बाँकेका विद्यार्थी नेताको भनाई

बाँके,माघ १०-बाँकेमा रहेका विभिन्न विद्यार्थी संगठनका प्रतिनिधीहरुले आफुहरु स्ववियु निर्वाचनको तिव्र तयारीमा जुटेको जनाएका छन् । ८ वर्षपछि हुन लागेको मिनी संसदको रुपमा लिईने स्ववियु चुनावलाई महत्वपुर्ण अवसरको रुपमा परिणत गर्ने बताउँदै उनीहरुले अब कुनैपनि हालतमा चुनाव रोकिन नहुनेमा जोड दिएका छन् । रेडियो भेरी आवाज सँग कुरा गर्दै उनीहरुले सो कुरा बताएका हुन् ।नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्ण आचार्यले त्रिभुवन विश्वविद्यालयले चुनावको मिती घोषणा गर्नु स्वागतयोग्य भएपनि चुनावी कार्यक्रमहरु तय नगर्नु शंकास्पद रहेको बताउनुभएको छ ।

आफुहरुलाई उमेर हदबन्दीको बिरोधी भनेर चित्रीत गरिएकोमा आक्रोश व्यक्त गर्दै आचार्यले केन्द्रीय तहमा यसवारेमा सामान्य छलफल भएपनि अहिले सबैले हदबन्दीलाई स्वकारिसकेको बताउनुभयो । अनेरास्ववियुका बाँके जिल्ला सचिव टेकेन्द्र मल्लले आफुहरु विद्यार्थीका हितमा रहेका मुद्धाहरुलाई लागु गराउने प्रतिबद्धता सहित चुनावका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । मल्लले बाँकेमा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै विद्यालयमा संगठन विस्तारदेखि प्रचारप्रसारका कार्यक्रमलाई तिव्रता दिएको बताउनुभएको छ ।

माओवास्वीयू निवार्चनमा तिव्र तयारी भईरहेको बाँकेका विद्यार्थी नेताकोदि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीका पुर्व जिल्ला सचिव धन बहादुर बिस्टले आफ्नो संगठनले केन्द्रीय स्तरमै पाँच हजार भन्दा बढि सदस्य रहेको केन्द्रीय चुनावी समति समेत गठन गरिसकेको र केन्द्रका नेताहरुबाट प्रशिक्षण कार्यक्रम नेपालगन्जमा समेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।विप्लव नेतृत्वको माओवादि निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीका बाँके जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य भरत रावलले पनि केन्द्रीय तहबाटै चुनावी कार्यक्रम र चुनावी मुद्धाहरु समेत तय गरिसकेको जानकारी दिनुभयो ।

कुराकानीका क्रममा नेताहरुले पाठ्यक्रमलाई समायानुकुल वैज्ञानिक र व्यवाहरिक बनाउनुपर्ने, विद्यालय भित्र हुने अनियमिततालाई अन्त्य गर्न आवाज उठाउने, शिक्षा क्षेत्रमा विद्यमान विभेदलाई हटाउन संघर्ष गर्ने र आफु अध्ययनरत विद्यालयमा शैक्षिक र भौतीक अवस्था सुधारका लागि पहरेदारका रुपमा काम गर्ने प्रतिबद्धतासहित चुनावमा जान लागेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयले २८ वर्षको उमेर हदबन्दी कायम गर्दै आगामी फागुन १४ गते चुनाव हुने घोषणा गरेको छ ।