हार्दिक बधाई

 हार्दिक बधाई बाँके,माघ,९-बिहानी अनलाईनका सल्लाहाकार मधुपौडेल पर्यटन  पत्रकार संघ बाँकेको प्रथम जिल्ला अधिवेशनबाट बाँके जिल्ला सचिवमा सर्वसम्मत चयन हुनुभएको छ । समृद्धीका लागि पर्यटन पत्रकार अभीयान नेपाल भन्ने मुल नाराका साथ शुरु भएको पर्यटन  पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशनमा उहाँ सचिव पदमा निर्वाचीत हुनुभएको हो ।

उहाँ यस बिहानी अनलाईन सञ्चालन भएबाट नै सक्रिय रुपमा अनलाईनलाई अगाडी बढाउन अग्रणी भुमीका खेल्दै आउनु भएको छ । उहाँको सल्लाह अनुसार नै बिहानी अनलाईन यो स्थानमा पुगेको हो । उहाँ अहिले नेपालगंज एफ एम मा समाचार लेखन र कार्यक्रम उत्पादनको रुपमा काम गर्दै आईरहनु भएको छ । साथै उहाँ अभियान न्यूजको सम्पादक पनि हुनुहुन्छ ।

अग्रेजी विषयबाट एमयड र राजनीतीक शास्त्र र ग्रामीण विकासबाट एमए  गर्नु भएका पौडेलले नेपालगंजमा पत्रकारीताको पेशालाई नै अंगाल्दै आउनु भएको छ । उहाँको भनाई अनुसार नेपालमा लुकेर बसेका पर्यटकिय क्षेत्र देखि लिएर पिछडीएका आम नेपाली जनतालाई कलमको माध्यमबाटै उठाउन चाहेको विचार रहेको बताउदै आउनु भएको छ ।

समग्रह क्षेत्रको विकास कार्यका निम्ती आफू जहिले सुकै कलमको माध्यमबाट नै लागि परेकोले आज यो स्थानमा पुग्न सकेको बताउनु भएको छ । उहाँले सोच्नु भएको हरेक काम कुरा र उहाँको कार्यकाल सफल रहोस् हाम्रो बिहानी अनलाई परिवारको तर्फबाट  हार्दिक सफलताको शुभकामना छ ।