स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले लिए शपथ

कोरोना खोप पहिलो प्राथमिकता

फाईल तस्विरमा:नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ,सपथ लिदै!!

काठमाडौं,साउन,१०-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो ।

शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो ।

यसैबिच :नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आइतबार आयोजित सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘गरिब जनताले कसरी स्वास्थ्य सुविधा पाउन सक्छन्। पहिलो प्राथमिकता खोप व्यवस्थापनलाई मैले प्राथमिकता दिनेछु,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिलेको प्राथमिकता भनेको खोप हो।’

मुलुकको समस्या नै स्वास्थ्य भएको र पहिलो प्राथमिकता दिएर खोपको व्यवस्थापन हुने उहाँले बताउनु भएको थियो।