हिसान परिक्षाको कारण रोकिएको हिसानकप आज ( आइतबार )बाट पुन सुरु

नेपालगन्ज,चैत्र,१०-
निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिता आज(आइतबार)बाट पुन सुरु भएको छ।

आज भएको फुटबल प्रतियोगितामा जेनिथ मावी खजुराले सेन्थ थोमसलाई १-० र होलिल्याण्ड माविले भृकुटी माविलाई २-० ले हराएका थिए।

जिभिएन माबी र बालबिध्या मावी वाकवाउट भएका थिए। भोलि सोमबार होलिल्याण्ड मावि र डाइनामिकबिच, युनाईटेड र आदर्शबिचको साथै जेनिथ मावी र बिएछ क्युब मावीबिच सेमिफाइनलको लागि प्रतिस्पर्धा हुने हिसान बाँकेका सचिव नारायण प्रसाद आचर्यले बताउनु भयो।

फाल्गुन १४ गतेबाट सुरु भएको हिसानकप बिचमा वर्षा र हिसान परिक्षाको कारण रोकिएको थियो। यस भन्दा अगाडि भलिबल र ब्याडमिन्टन खेल सम्पन्न भैसकेको पनि सचिव आचार्यले जानकारी दिनु भयो।
,