खेतमा बेहोस अबस्थामा भेटिएका किशोरको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु

नेपालगन्ज,चैत्र,१०-
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा एक किशोर खेतमा बेहोस अबस्थामा भेटिएका निजलाई अस्पतालमा ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा अाफनो घर देखि ५ सय मिटर टाढा खेतमा सोही वडा निवासी वर्ष १९ का भोला पासी आइतबार साँझ ४ बजेतिर बेहोसी अवस्थामा भेटिएका थिए ।

उनलाई निजका भिनाजु नाता पर्ने संदिप पासीद्वारा खेतमा देखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको ईमर्जेन्सी बिभागमा ल्याईएको थियो । अस्पतालमा ल्याउदा निजको मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।

निजका परिवारका अनुसार निजले सल्फास नामक बिषादि अौषधि सेवन गरेको बताएका छन् । उनी भेटिएको ठाउँमा सल्फासको डब्बा भेटिएको घर परिवारले बताएका छन् भने यता प्रहरीले भने घटना शंकास्पद भएको र निजको छाती, मुख र खुट्टामा चोट भएकोले पोष्टमार्टम रिपोर्ट अाएपछि मात्र के कारणले मृत्यु भएको भन्न सकिने बताएको छ ।