कोहलपुरमा महोत्सव सञ्चालन हुने

बाँके,माघ १०-बाँकेको कोहलपुरमा यस वर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । ब्यापार संघको वार्षिक तालिकामा क्रमभंग गर्दै यस वर्ष पनि रुद्राक्ष फिल्मस् प्रालि तथा ग्रिन सिटी युथ क्लब कोहलपुरले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्ने भएका छन् । महोत्सव आगामी फागुन ६ गतेदेखि १६ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुनेछ । हाल महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवम् रुद्राक्ष फिल्मस् प्रालिका संचालक रुद्र खनालले जानकारी दिए ।

३ सय बढी स्टलहरु रहने महोत्सवको डेढ लाख बढीले अवलोकन गर्ने र करिब ८५ लाख बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवमा स्थानिय कला, संस्कृतीका साथै स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको संयोजक खनालले बताए । कोहलपुर नगरलाई फोहरमुक्त शहरका रुपमा स्थापित गराउन आवश्यक पर्ने सबै गतिविधि सञ्चालन गरिनुका साथै तत्काल नतिजा देखिने गरी प्रभावकारी योजनाहरु सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।