खजुरामा मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव आजबाट सुरु

बाँके,माघ १०-कृषी, पर्यटन प्रवद्धन, सांस्कृतिक एम् ऐतिहासिक धार्मिक मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव खजुरा आजबाट सुरु भएको छ । बाँके क्षेत्र नं २ का सांसद दलबहादुर सुनारले महोत्सवको उद्घाटन गर्नुभएको छ । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सद्भाव हाम्रो पहिचान भन्ने मुल नारासहित आयोजना भएको महोत्सव माघ १० गतेबाट सुरु भइ माघ २१ सम्म सञ्चालन हुनेछ ।

आजै मुस्लिम धर्मगुरु  अब्दुल जब्बार मन्जरी र हिन्दु धर्म गुरु बागेश्वरी मन्दीरका मुल महन्थ चन्द्रनाथ योगिले मेलाको लागी संयुक्त रुपमा पुजा गर्नुहुनेछ । महोत्सव महोत्सवमा करिव ६० लाखको कारोवबार हुने अपेक्षा लिइएको छ । मेलामा विभिन्न राष्ट्रिय तथा ख्याती तथा स्थानिय कलाकारले प्रस्तुती राख्नेछन् । मेलामा विभिन्न कृषी, मर्यटन बाल उद्यान तथा सांस्कृतीक प्रस्तुत गरीनेछ ।