बाँकेमा आजपनी लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम

बाँके,मंसिर,७-

बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार केही दिनदेखि नरैनापुर गाउँपालिकामा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । आज गंगापुरमा घरदैलो भइरहेको लुट बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रदेश सभा १ का का उम्मेदवार नारायण गौडेल कोहलपुरको वडा नम्बर ५ मा घरदैलोमा हुनुहुन्छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादले विहान प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमालसंग घरदैलो भ्याएर अहिले प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगै पुरैनीमा घरदैलो गरिरहनुभएको छ ।

पुरैनीमा आजै सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको राप्रपाका नेता ऋषि देवकोटाले जानकारी दिनुभयो । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले अहिले परस्पुर र थुकैला गाउँमा घरदैलो गरिरहनुभएको प्रचार प्रसार सचिवालय संयोजक रमेश सिंजालीले जानकारी दिनुभयो ।

आजै दिउँसो ए गाउँमा कोणसभा आयोजना गरिएको छ । प्रदेश सभा ३ क का उम्मेदवार चन्तुराम थारु पनि मतदाता भेटघाटमा व्यस्त रहेको प्रकाश शाहीले बताउनुभयो ।