कञ्चनपुरमा पुग्यो निर्वाचन समाग्री

इन्द्र कार्की
/महेन्द्रनगर,मंसिर,०७          मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई समाग्री मिलाउने कार्यमा खटाइएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र देखि सियो, धागो सम्मका सवै समाग्रीहरु मिलाउनमा कार्यालयका कर्मचारीहरुको कार्य व्यस्तता वढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक तर्फका गरि तीन लाखका दरले मतपत्र आइपुगेको र सम्पुर्ण निर्वाचन समाग्री मंसिर १८ गते भित्रै सम्वन्धित मतदान केन्द्रमा पुगि सक्ने निर्वाचन कार्यालयले जनाएको छ । नजिकिदो चुनावको मिती संगै कञ्चनपुरमा चुनावी माहोल पनि बढ्दै गएको छ ।