आज माघे संक्रान्ती पर्व देशभर मनाईदै

फुकुओकामा पनि मगर समुदायले माघी पर्व मनाउदै

फाईल तस्विर !!

टोकियो जापान,माघ,१-आज माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ।आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ।माघे संक्रन्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी, सखरखण्ड आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ।शरीरका नाडी,स्नायुमण्डल र हड्डीलाई तिलको तेलबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

यसैबिच :मगर समुदायको माघी पर्व प्रमुख चाड हो ।मगर समुदायले आज माघे संक्रान्ती महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।माघी पर्वका दिन मगर समुदायमा तारो हान्ने खेल अत्याधीक प्रचलनमा छ।

मगर समुदायले देशभर विभिन्न कार्यक्रम गर्दै हर्षोल्लासका साथ माघी मनाउदै छन्, भने देश विदेशमा रहेकाले केहिले आज मनाउदै छन् भने कसैले आफ्नो समयलाई मध्यनजर गर्दै केहि अगाडी नै मनाई सकेका छन्।

यस्तै कोरिया र जापानको फुकुओकामा रहेका मगर समुदायले पनि आजै माघ १ गते माघे संक्रान्ती कार्यक्रम गरी धुमधाम संग मनाउदै छन्।फुकुओकामा रहेका मगर समुदायले हरेक  वर्ष माघे संक्रान्तीमा ओनौपचारिक कार्यक्रमगरि माघि पर्व मनाउदै आएको छ ।

यसैबिच- थारु समुदायले पनी आज माघी पर्व धुधामसंग मनाउँदैछन् ।थारु समुदायले आज नयाँ वर्षका रुपमा मनाउदैछन्।थारु समुदायमा पौष अन्तीम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनी रहेको छ।

यसरी काटिएको सुंगुरको मासु समुदायीक रुपमा धमार गित गाँउदै भोज खाने अनी रातभर जाग्राम बस्ने चलन पनी रहेको छ।पश्चिमी थारु समुदायमा भने आन्दी चामलको जाँड वहुत चर्चित छ।

थारु समुदायमा आज छोरीचेली माईत आउने र घर फर्कदा “निसराउ” अर्थात उपहार दिएर पठाउने चलन रहेको छ।

यसैगरी: नेवार समुदायमा ‘घ्यूचाकु सल्हु’ नामले माघे संक्रान्ती पर्व मनाईन्छ।उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन्।

माघे संक्रान्तीको अवसरमा देश तथा विदेशमा छरिएर बस्नु भएका आम नेपालीजनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बिहानी अनलाईन परिवारको तर्फबाट माघे संक्रान्तीको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्दछौ ।