कोरोना संक्रमणबाट १२ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो

काठमाडौं,असोज,२८-नेपालमा बुधवार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६७५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ६६६ जना रहेका छन् । प्रवक्ता गौतमले हाल आईसोलेशनमा ३६ हजार ३६७ जना रहेको बताए । उनका अनुसार विगत २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १२ लाख २१ हजार ३८ ओटा पीसीआर टेष्ट भइसकेको बताए ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जनालाई  कोरोना  संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौं जिल्लामा ९९६जना, भक्तपुर जिल्लामा १०२ जना र ललितपुर जिल्लामा ३०५ जनालाई संक्रमण पुष्टि भएको हो ।