
काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो ।
यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गर्नु भएको छ ।
यी तीनै जना ओली निकट नेताहरु हुन् । मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा प्रम ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनु भएको छ ।
पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।यस्तै यसअघिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको हो ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको हो ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ।संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।
नयाँ मन्त्रिमण्डल विस्तारमा कसले के जिम्मेवारी पाए ? यो पनि हेर्नुस् :