मोटरसाइकल दुर्घटनामा दुई जना सख्त घाइते

नेपालगन्ज , बैशाख , २४-


बाँकेको नेपालगन्ज देखि कोहलपुर तर्फ जादै गरेको मोटरसाइकल बाटोको डिभाईडरमा ठोक्किएर दुई जना सख्त घाइते भएका छन् ।

मंगलबार(आज) साझ ७:३० बजेको समयमा बाँकेको गनापुर भन्ने ठाउँमा उक्त घटना भएको थियोे । घटनामा मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष २१ को मोटरसाइकल चालक पुष्पराज मल्ल र मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा बस्ने वर्ष २३ को नाताले दाजु पर्ने बाल कुमार मल्ल घाइते भएका छन् ।

दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सीमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।