पायक पर्ने ठाउँमा परीक्षा केन्द्र होस भन्दै बाँकेका बिद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

नेपालगन्ज, बैशाख, २४-


आफुलाई पायक पर्ने ठाउँमा परिक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले सह परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा ज्ञापनपत्र बुझाएका छन।

प्राईभेट परीक्षा फारम भरेका बिद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र हुनुपर्ने भन्दै बाँकेका बिद्यार्थी संगठनहरुले अाज(मंगलबार ) त्रिभुवन विश्वविद्यालय मध्यपश्चिमाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जमा रहेको सह परीक्षा नियन्त्रकको कार्यालय बल्खु नेपालगन्जमा ज्ञापनपत्र बुझाएका हुन।


महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेका बिद्यार्थी संगठन अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघका अध्यक्ष र सभापतिले संयुक्त ज्ञापनपत्र सह परीक्षा नियन्त्रण कार्यालयका प्रमुख तिर्थराज न्यौपानेलाई कार्यकक्षमै गएर ज्ञापनपत्र बुझाएका हुन ।

अनेरास्ववियु क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्ष नमराज योगी, अनेरास्ववियु का ईकाइ अध्यक्ष हेमराज शाही र नेपाल विद्यार्थी संघका ईकाई सभापति चन्द्र प्रकाश देवकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।

हालै त्रिभुवन विश्वविद्यालयले अन्तिम पटकका लागि भनेर राजनीति शास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर तहको परीक्षा फारम खुलाएको थियोे । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुले प्राईभेट फारम भरेको ठाउँमा पायक पारेर केन्द्र दिनुपर्नेमा त्यसो नगरी एकलौटी ढङ्गले काठमाडौं मै केन्द्र राख्ने गरेको प्रति विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

यहाँ सुदूर पश्चिम र मध्यपश्चिमका सयौं बिद्यार्थीहरुले परीक्षा फारम भरेका छन् । यहाँ बाट काठमाडौं परीक्षा दिन जादा अाउदा विद्यार्थीहरुलाई अार्थिकभार पर्ने, धेरै जसो विद्यार्थीहरु रोजगार क्षेत्रमा भएको हुदा बिदा पाउन मुस्किल पर्ने थुप्रै समस्या भएको विद्यार्थी संगठनहरुको भनाइ रहेको छ ।
ज्ञापनपत्र यस प्रकार रहेको छ :