भरत राज जैशि/
कैलाली,असोज १२-
नेपालिहरुको महान चाड दशैं सबै नेपालीले खुसियालीका साथ मनाउने गर्दछन,तर देशभर खुसियाली मनाइरहदा देशका कुना काप्चामा त्यस्ता ठाउँ पनि नेपालिहरु छन,जसलाई खान लाउन हम्मे हम्मे परिरहेको हुन्छ ।

यसैलाई देखेर सामर्थ्य नेपालका पश्चिम नेपाल प्रमुख के पि खनालले आफ्नो सामाजिक सन्जाल (फेसबुकमा) कैलालीको लम्किचुहा नगरपालिकाका लाई प्रत्येक वार्ड १/१ जनालाई गरि दश जनालाइमात्र दिने उद्देश्यले राहत बितरणमा सहयोगका लागि आवाह्व्न गर्नुभएको थियो ।
त्यहि आवाह्नन लाई देखेर चार दिनमा देश तथा बिदेशबाट र विभिन्न संघसंस्था बाट गरि जम्मा एक लाख पैचालिस हजार बराबर को रकम उठेपछि कैलालीको लम्किचुहा नगरपालिका मात्र नभएर कैलालीका भजनी नगरपालिका ,जानकी गाउँपालिका ,महोन्याल

गाउँपालिका तथा लम्किचुहा नगरपालिकाका गरि जम्मा ३१ जना गरिव पिडित तथा असाय परिवार र १५ जना वेसाराहार वालवालिकाहरु लाई एक कार्यक्रमका बिच लम्किचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाई ज्यु ले राहत बितरण उदघाट्न तथा बितरण गर्नु भएको थियो ।
राहत बितरण कार्यक्रममा लम्किचुहा नगरपालीका उधोग वणिज्य संघका अध्यक्ष पदम चौलागाईं , किसान माईक्रोफाईनान्स संस्था बलिया का प्रमुख इन्द्र कुमारकुमार,किसान बहुउद्देश्यीय सहकारि संस्थाका केन्द्रिय महाप्रबन्धक डम्बर बहादुर शाह ,मल्ट्री टेर्ड्स का प्रमुख लाल बहादुर बोगटी तथा भक्त चालाउने ,दिपक तिमिल्सेना ,देवानन्द जैसी ,लव शाही ,सुसिला शाही,टेकराज कठायत तथा विभिन्न पत्रकार समाजसेवी ,युवा वर्ग को उपस्थित रहेको थियो ।
कार्यक्रमको संचाल प्रकाश खानाल र सभापति ललिता जैशी रहनुभएको थियो । साथै राहत बितरण आफुले सोचेको भन्दा राम्रो र धेरै व्यक्तिहरु ले मलाई विश्वास तथा पिडित परिवारको मुहार हेरेर सहयोग गर्नुभएको मा पश्चिम नेपाल प्रमुख केपि खनाल ले हृदयदेखि धन्यवाद सहित को प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो र अन्य दिनमा सबैको साथ र सहयोग मिले अझै समाजसेवा गर्दै जाने बताउनुभयो ।