कैलालीमा जारी जेटीकप क्रिकेटमा आरएमई टीकापुरको लगातार चौथो जित

पवन मुडभरी/

बौनिया,कार्तिक,२१-
कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुरले लगातार चार खेल जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आज विहान ८ बजे भएको पहिलो खेलमा कैलाली पब्लिक लम्की र आयोजक जगततारा विच भएको खेलमा जगततारा ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको जगततारा ई.बो स्कुल बौनियाले १५ ओभरमा ८ विकेट गुमाउदै ७९ रन बनाएको थियो ।

८० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको कैलाली पब्लिक लम्कीले १५ ओभरमा सवै विकेट गुमाउदै ७१ रन मात्र जोड्न सफल भएको छ । कैलाली पब्लिकलाईै ७१ रनमा समेटो क्रममा जिवन चौधरीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ९ रन खर्चदै महत्वपुर्ण ३ विकेट लिएका थिए । उनि म्यान अफ द म्याच भए ।

आज नै भएको दोस्रो खेलमा आर्रमई टीकापुर ७ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुरुकुल लम्कीले ११.५ ओभर खेल्दै सवै विकेटको क्षतिमा ४९ रन मात्र जोडन सफल भएकको थियो । ५० रनको सामान्य लक्ष्य लिएर ब्याटिङ्ग आएको आरएमई टिकापुरले ८.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

जसका लागी उत्कृष्ट ब्याटिङ्ग गर्दै संजय बोहराले ३० बलमा नटआउट ४० रनको महत्वपुर्ण पारी खेलेका थिए । उनि म्यान अफ द म्याच भए । यसै गरी प्रतियोगिताको आजको अन्तिम खेलमा नव बालबाटीका बौनियाले ब्राईट फुयचर लम्कीलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको ब्राईट फुयचर लम्कीले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतीमा ९५ रन बनाउन सफल भएको थियो ।

९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रेको नव बालबाटीका बौनियाले १३.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । १८ रन र ३ ओभरमा १८ रन खर्चदै २ विकेट लिएका मानव विष्टे म्यान अफ द म्याच भए ।

 यसैगरी : भोली बुधबार आठौ दिन विहान ७ बजे पानसदिप लम्की विरुद्ध न्यु स्टार सुखड ,विहान ११ बजे बसन्त मुरारी विरुद्ध लिटिल फ्लावर र भोलीकोे अन्तिम खेल दिउसो २ बजे संत निरकारी विरुद्ध नमुना लम्की विच खेल हुने खेल मिडिया सयोजक पदम राज ओझाले बताए ।

प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसीर ०२ गते सम्म सञ्चालन हुने जेटी कप क्रिकेट एकाडेमी संयोजक जिवन सुनारले जानकारी दिनुभयो । यसै गरी प्रतियोगितामा दर्शकहरुको पनि सहभागिता बढि रहेको प्रचार प्रसार सयोजक राजेन्द्र रावलले जानकारी दिनुभयो ।