एसईईको परीक्षाफल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

फाईल: तस्विर

काठमाडौं,असार,२१-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ।नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।

बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो।एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।बनेर्डका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्।