नेपालले आज जिम्बावे संग खेल्ने,खेल दिँउसो पौने एक बजे सुरु हुने

काठमाडौं,असार,३-आज नेपालले जिम्बावे संग भिड्ने भएको छ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्ने भएको छ । 

आज आईतबारबाट जिम्बावेमा सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो । 

आज नेपालको टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल रहेको छ।यो खेल नेपालका लागि टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्धको पहिलो ओडिआई खेल हुनेछ।आफ्नो ५२ औं ओडिआईमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो । 

जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहने छ।प्रतियोगिता दुई समूह बिभाजन गरि आयोजना हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,अमेरिका र नेदरल्यान्ड्स रहेका छन्।टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले विभिन्न टेस्ट राष्ट्रसॅंग खेलेको भए पनि ओडिआईमा भने यो पहिलो अवसर हुनेछ।

यसअघि २०१८ को विश्वकप छनोटमा नेपालले अफगानिस्तान तथा जिम्बावेसॅंग एकदिवसीय खेल खेलेको थियो।तर,त्यस समय नेपालसॅंग ओडिआई मान्यता नरहेको कारण सो खेल लिस्ट ए मान्यता प्राप्त रहेको थियो।अहिले नेपालसॅंग ओडिआई मान्यता रहेको कारण यो प्रतियोगितामा टेस्ट राष्ट्रसॅंगको खेल लिस्ट ए हुनेछैन ।

यो प्रतियोगितामा सहभागी पुरै दश टोलीसॅंग ओडिआई मान्यता रहेका कारण प्रतियोगिताका सबै खेल ओडिआई मान्यताको हुनेछ ।

विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् । 

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । 

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन्।६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली :

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई रहेका छन् ।