भोट हाल्न शिविर रित्याएर गाउँ गए भूकम्पपीडित

काठमाडौं, ३० वैशाख –

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् ।

दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै नातेदारहरु उठेपछि जिताउन गाउ फर्किएका हुन् । आजको अन्नपूर्णमा खबर छ ।