मतदान भोलीः केके गर्न पाइँदैन ?

काठमाडौं, ३० वैशाख –

कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ रु झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् ।

त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ ।

मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन् । संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ । आजको कान्तिपुरमा खबर छ ।