निर्वाचन हुने जिल्लामा आंशिक बदलीको सम्भावना

काठमाडौं,मंसिर,१०-

प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुने जिल्लाहरूको मौसममा आंशिक बदली हुने र उच्च हिमाली जिल्लाहरूमा भने कही कही हिउँ पर्न सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्सिर १० गते आइतबार निर्वाचन हुने जिल्लाहरूमा मौसम सफा रहने छैन । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा समान्यतः मौसम बदली हुने तथा उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको जानकारी महाशाखाका मौसमविद् शान्ति कँडेलले दिनुभयो ।

पहिलो चरणअन्तर्गत निर्वाचन हुने प्रदेश नं। १ का पूर्वी क्षेत्रका पहाडी तथा हिमाली जिल्लाहरूमा मङ्सिर १० र ११ गते नै सामान्यतः आंशिक बदली भई एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी मौसमविद् कँडेलले दिनुभयो ।

पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का सातवटा जिल्लामा निर्वाचन हुँदैछ । आजको गोरखापत्रमा खबर छ ।