प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुत्त

काठमाडौं,कात्तिक,२६-

प्रधानमन्त्री के पि शर्मा ओली
( Kp sharma Oli )

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएको छ ।भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमालेको मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन । 

हरेक साता सञ्चार भेटघाट गरिने 

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तर्क्रिया गर्ने तयारी भएको छ । प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तर्क्रिया हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उक्त अन्तर्क्रिया सम्भवतः हरेक बिहीबार हुनेछ । 

उहाँले भन्नुभयो , ‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।’ (रासस)