ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम कोहलपुरमा सम्पन्न

नेपालगन्ज,चैत्र,२७-
ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम बुधबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ।

जिल्ला ट्राफिक कार्यालय बाके,कोहलपुर नगरपालिका तथा कोहलपुर स्थित प्रगतिसिल महिला समुहको संयुक्त अायोजनामा उक्त ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न ठाउँमा सडकनाटक तथा गहनापुर,मदनचौक,बानियाभार,कोहलपुर चौराहा र रोहिनि खोलामा ट्राफिक सचेतनामुलक ट्राफिक होलिङ बोर्ड गाडिएको छ।

साथै कार्यक्रममा ९० जना ई रिक्सा चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाकेका प्रहरी नायब निरीक्षक ईश्वरी देबकोटाद्वारा ट्राफिक सम्बन्धी नियम तथा सुरक्षाको बारेमा पनि प्रशिक्षण दिइएको थियो।