साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा

नेपालगन्ज,चैत्र,२५-
प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो ।

प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषबाट चार जना र दुई जना महिला खेलाडी पुनः छनोट हुने बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले जानकारी दिए । छनोट प्रतियोगिता विहान धम्बोझी चोकबाट सुरु भई कोहलपुर चौराहबाट पुनः धम्बोझी चोकमा पुगेर समापन हुने उनले बताए ।

संघका उपाध्यक्ष पदम बुढाथोकीका अनुसार, प्रदेश नं. ५ मा बाँकेमा मात्र साइक्लिङ संघ भएकोले प्रतियोगितामा बाँकेका खेलाडीमात्र सहभागी हुने भएका छन् । ‘अन्य जिल्लामा साइक्लिङ संघ नभएकोेले अन्य जिल्लाका खेलाडीले पनि बाँकेबाट प्रतिनिधित्व गर्ने छन्,’ उनले भने ।