इंग्ल्यान्ड र नेदरल्याड्स विजयी,अमेरिका र वेल्सबिच बराबरी

उद्घाटन खेलमा आयोजक कतारलाई हराउँदै इक्वेडर विजयी भएको थियो ।

इरानविरुद्ध इंग्ल्यान्डलाई ३-० को अग्रता
इंग्ल्यान्डका खेलाडी बुकायो साका !!

काठमाडौं,मंसिर,६-कतार विश्वकप फुटबलमा सोमवार राती भएको खेलमा इंग्ल्यान्ड र नेदरल्याड्सले विजयी सुरुवात गरेको छ। भने अमेरिका र वेल्सले बराबर खेल्दै अंक बाढेका छन् । 

इंग्ल्यान्ड भर्सेस ईरान 

खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काएका थिए ।जित संगै इंल्याण्डले ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स भर्सेस सेनेगल

कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्याड्सले विजयी सुरुआत गरेको छ ।दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।

पहिलो हाफमा नेदरल्यान्ड्स र सेनेगलको बराबरी
नेदरल्यान्ड्सका खेलाडी कोडी गाक्पो !!

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो ।जित संगै नेदरल्याड्सले ३ अंक जोडेको छ ।

अमेरिका भर्सेस वेल्स

वेल्सविरुद्ध अमेरिकालाई अग्रता
अमेरिकाकका खेलाडी टिमोथी !!

कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् ।

बेलको गोलमा हारबाट जोगियो वेल्स  
वेल्सका कप्तान वेल !!

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

यसैविच : आईतवारबाट सुरु भएको फिफा विश्वकप फुटबल २०२२ मा आयोजक राष्ट्र कतारलाई हराउदै दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजय भएको थियो ।अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको थियो ।

Image
इक्वेडरका कप्तान इनर भ्यालेन्सिया !!

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । उनी विश्वकप २०२२ को पहिलो गोलकर्ता पनि भएका छन् । चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । 

कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यस अघि कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन ।यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।